पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)
चितवन, १३ मङ्सिरः तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म बिहान ११ः००देखि ४ः०० बजेसम्म सडक बन्द गरेको हो ।
सडक बन्द हुँदा दिउँसो नारायणगढबाट काठमाडौँ तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् ।
