Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)
newsabhiyan

दमौली (तनहुँ), १३ मङ्सिरः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

मन्त्री लम्सालले पुरानै संरचना  वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताउनुभयो । निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । पुलका केही पिल्लर मात्र निर्माण भएका छन् ।

स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलाइप्रति पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan