व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस/एएफपी)
अमेरिकी ट्रम्प प्रशासनले शुक्रबार सर्वोच्च अदालतलाई सङ्केत गर्दै व्हाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन अनुरोध गरेको छ ।
सोलिसिटर जनरल जोन साउअरले डेमोक्र्याट् बहुल सर्वोच्च अदालतमा आपतकालीन अपीलमार्फत यो अनुरोध गरेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष व्हाइट हाउसको ऐतिहासिक ‘इस्ट विङ’ भत्काउन आदेश दिनुभएको थियो । त्यसपछि बलरुमको निर्माण गर्न चाहे पनि अदालती अवरोधका कारण परियोजना अघि बढ्नबाट रोकिएको थियो ।
