Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनमा डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ३ बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस/सिन्ह्वा)

दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुबेर दुर्घटनाहुँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।

 अधिकारीहरुकाअनुसार हुआनिङ काउन्टीको नानपान नदीमा दुर्घटना भएको थियो । दुर्घटनाको समयमा डुङ्गामा छ जना सवार रहको  काउन्टी सरकारले जनाएको छ । सरकारका अनुसार दुई जनाको मृत्यु पुष्टि भएको छ भने एकजनालाई सकुशल उद्धार गरिएको र अन्य पाँचजना अझै बेपत्ता रहेका छन् ।

स्थानीय अधिकारीहरूले आपतकालीन, अग्निशमन र प्रहरी विभागहरूको समन्वयमा  ४७०  जना भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरी खोजी कार्य जारी राखेको जनाएका छन् । 

बेपत्ता व्यक्तिहरूको खोजी  कार्यअझै जारी रहेको  जनाउदै स्थानीय अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan