Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | (रासस)

चितवन, १ भदौः मधेस, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न गरिएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा तीनदिने ‘ट्रुप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो ।
 
तालिम संयोजक आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
 
पूर्वस्काउट आयुक्त इन्दु सुवेदीले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउने बताउनुभयो । उहाँले असल विद्यार्थी नै असल स्काउट बन्न सक्ने जनाउँदै स्काउटले विद्यार्थीलाई समाज सेवामा प्रेरित गर्न स्काउट महत्वपूर्ण थलो रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan