शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तनमा जोड
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | (रासस)
काठमाडौँ, १ भदौः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले शिक्षा प्रणालीलाई समयअनुकूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवं व्यवसाय क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।
