Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल इन्जिनियरिङ कलेज छात्रवृत्ति परीक्षामा पनि विद्यार्थीको घुईचो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको प्रादेशिक छात्रवृत्ति र कम्युनिटी छात्रवृत्तिको प्रवेश परीक्षामा पनि अत्याधिक विद्यार्थीहरुको सहभागीता रह्यो । 

सोमबार कलेजमा लिइएको प्रादेशिक छात्रवृत्ति र कम्युनिटी छात्रवृत्तिको प्रवेश परीक्षामा झण्डै २ सय विद्यार्थीहरुले सहभागीता जनाए । यी दुई छात्रवृृत्तिमा कूल २७ सिट रहेकोमा एक सय ९७ जना विद्यार्थीले सहभागीता जनाएको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए । 

‘छात्रवृत्तिहरुका लागि सञ्चालन गरिएको प्रवेश परीक्षामा झण्डै सात गुणा विद्यार्थीहरुले सहभागीता जनाउनु भयो । यसअघि लिइएको प्रवेश परीक्षामा पनि उल्लेखनीय विद्यार्थीहरु आउनु भएको थियो । यो वर्ष इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढेको पायौं’ मिडिया रिलेसन अफिसर पुजाराले बताउनु भयो ।

इन्जिनियरिङ जस्तो महत्वपूर्ण शिक्षामा गरिब, जेहेन्दार तथा इमान्दार विद्यार्थीहरुले पहुँच पाउन् भन्ने हेतूले कलेजले हरेक वर्ष प्रादेशिक छात्रवृत्ति र कम्युनिटी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

जस अन्तरगत सात वटा प्रदेशका लागि ७ जना, कम्युनिटी स्कीमका लागि २० वटा सिट छुट्याइएको छ । यसका अलावा प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेष्टर टप गर्ने छात्रवृत्तिहरु पनि रहेका छन् । कलेजमा पोखरा विश्वविद्यालय अन्तरगत १० प्रतिशत छात्रवृत्ति पनि रहेको छ । 

इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ बनाउन कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्तिहरु वितरण गर्दै आएको छ । ‘एक त हामी मुनाफारहित सामाजिक शैक्षिक संस्था हौं, हामीले विद्यार्थीबाट जेजति शुल्क उठाउँछौं त्यो कलेजकै शैक्षिक स्तर सुधार्न, शिक्षक विद्यार्थीहरुमा खर्च गर्छौं ।’

विद्यार्थीको पढाईलाई उच्च प्राथमिकतामा राख्दै पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्था समेत रहेको भन्दै कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले बताउनु भयो । 

इन्जिनियरिङ शिक्षामा जेहेन्दार, मेहनती, गरिब, विपन्न तथा असहाय विद्यार्थीहरुको पहुँच स्थापित गर्ने उद्देश्यले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विभिन्न प्रकारका छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको कलेजले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan