Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | (रासस)

काठमाडौँ, १ भदौः नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी हुनुभएको छ ।

समितिको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै नेम्वाङ विजयी हुनुभएको हो । उहाँले २६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी सिपी पौडयालले १३८ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख भक्त थापाले जानकारी दिनुभयो ।

यसैगरी, वरिष्ठ उपसभापतिमा विनोद भट्ट, हरिप्रसाद शर्मा, निमा बोम्जम, सञ्जीव श्रेष्ठ र श्रीराम थापा, युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल विजयी हुनुभएको छ ।

यसैगरी, सदस्यमा खेमराज बाँस्तोला, हरिप्रसाद खनाल, राजुप्रसाद रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुङ्गाना, नेत्र केसी र अनिल पाण्डे विजयी हुनुभएको निर्वाचन प्रमुख थापाले बताउनुभयो ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न जनसम्पर्क समितिको अधिवेशन सुरु भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन भने ११ वर्षपछि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan