Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)

काठमाडौँ, ३ भदौः निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वनिर्वाचन आयुक्तहरूले विद्यमान निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न सुझाव दिएका छन् ।
     
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र दुई निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा सुझाव लिन छलफल आयोजना भएको हो ।

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्राविधिक तथा व्यवस्थापकीय सुधारलगायतका विषयमा मङ्गलबार सुझाव लिइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
     
पूर्वप्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले आयोगको नयाँ नेतृत्वलाई शुभकामना दिँदै निर्वाचन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा आयोगले विगतमा हासिल गरेको साखलाई कायम राख्दै थप उचाइमा पुर्‍याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
     
उहाँहरूले निर्वाचन व्यवस्थापनमा देखिएका पछिल्ला चुनौती सम्बोधन गर्न निर्वाचन विधि तथा प्रक्रियामा समसामयिक सुधार आवश्यक रहेको बताउँदै सरोकारवालासँग निरन्तर छलफल, सूचना प्रविधिको सम्भावनाको उपयोग तथा पारदर्शी कार्यशैलीलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

साथै, बदलिँदो समयको आवश्यकताअनुसार आयोगको संस्थागत क्षमता अभिवृद्धि तथा सम्बन्धित निकायसँग सहकार्य गर्न सुझाव दिनुभयो ।
     
प्रमुख निर्वाचन आयुक्त कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारी पूरा गर्न वर्तमान नेतृत्व सक्षम र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आयोगको संस्थागत सुदृढीकरण र निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पूर्वपदाधिकारीका अनुभव तथा सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।
     
छलफलमा निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरूप्रसाद वाग्ले, डा राजीव सुब्बाका साथै पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल र नीलकण्ठ उप्रेती तथा पूर्वनिर्वाचन आयुक्तहरू प्रा डा वीरेन्द्रप्रसाद मिश्र, विश्वमान श्रेष्ठ, जयरामसिंह बोहरा, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलगायतको सहभागिता थियो ।
     
प्रमुख आयुक्त कार्की तथा आयुक्तद्वय वाग्ले र डा सुब्बाले गत साउन १५ गते बहाली गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan