जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौं, ५ भदौ : भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्री समेत ६ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ५ सय रूपैयाँ र १७ थान ओखर सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-३ गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा देवदह नगरपालिका-५ बस्ने ३४ वर्षीय आकाश गुरूङ समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ६ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
