Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |
newsabhiyan

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् । प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।

८०–८४ केजीतौल समूहमा प्रतिस्पर्धा गरेका दिपकले स्वर्ण पदक जित्ने क्रममा तीन चरणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा उनले जर्मनीका खेलाडीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । 

त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे । फाइनलमा दिपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।

दुवै खेलाडीको सफलतालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले बताए । उनले नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan