प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |
काठमाडौं, ८ भदौ । भदौ ५ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी द्रव्यराम भण्डारी र सहायक रथी रन्जित थापा पिएच.डि.लाई आज प्रधान सेनापति अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनु भएका ४ (चार) जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो।
कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतकापरिवारजनहरूको समेत उपस्थिति रहेको थियो।
