(कविता) ।।अनपेक्षित भ्रम।।
मेरो दृष्टिमा उ मेरा लागी राम्रो छैन
किनकी उ मलाई राम्रोसँग हेर्दैन
हेर्दा पनि अपराधि जत्तिकै हेर्छ
कुन्नि के स्वार्थमा भए जत्तिकै
मलाई उस्को कुरा मन पर्दैन
उस्को कुरालाई म जोख्दिन
बिभिन्न हिसावमा उ मेरा बिरुद्द छ।।
उ मलाई हरेक दिन झ्याँलबाट हेर्छ
म पनि उस्को झ्याँलमा हरदिन हेर्छु
हाम्रा आँखाहरु यदाकदा जुद्छन
उस्का आँखाहरु चोरझै लाग्छन्
हरेक गतिबिधीमा चियो गरेझै लाग्छ
उस्ले हरदिन हेरेकोमा मेरो शंका छ
उस्का आँखाहरुमा मेरो विश्वाश छैन
उ मेरो नजिकै भएर पनि बिरूद्ध छ
मेरा लागि कहिल्यै राम्रो सोच्दैन
उस्काभन्नेहरू सबै मेराबिरूद्दमा छन्
कहिले नराम्रो होला कुरा काटौला भन्छन
मलाई राम्रो अबस्थामा उ मन पराउदैन
किनकी उस्को म प्रतिको हेराई राम्रो छैन
उस्का हरेक गतिबिधीहरु मेरा बिरुद्द छन्।।
अनायासै एकदिन उ मलाई बोलाँउछ
मिठोस्वरमा मेरा आत्मियहरूले बोलाएझैँ
मलाई विश्वाश लाग्दैन एकदुई पटक बोल्दिन
सुनेपनि म आफ्नो भाउ बनाँईराख्छु
असजिलो सँग म जबाफ फर्काउछु
उ फटाफट मेरा लागी राम्रा कुरा भनेर जान्छ
म उस्लाई पर सम्म एकटकले हेरिरहन्छु
उ प्रतिको मेरो अनपेक्षित भ्रम हटेर जान्छ।।
मेलै उ प्रतिको बनाँएको अपेक्षित भ्रम
मेले उ प्रतिको बनाँएको शंकित दृष्टि
म आफैलाई विश्वाश नलाग्ने गरि प्रश्न बन्छ
आफैले बनाँएर पालेको अपेक्षित भ्रमले
मेरा सोचहरुलाई कति धेरै दिग्भ्रमित बनाँएछन्
म सजिलोसँग आफ्नैलागि भ्रम बनाँउदोरहेछु
आफ्नैलागि अनपेक्षित भ्रमको पालनकर्ता रहेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।
