नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध फिल्डिङ गर्दै
काठमाडौँ, १० भदौः अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) कोमेट्सविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ ।
अस्ट्रेलियाको नर्थन टेरिटोरीमा नेपाल ‘ए’ले ट्स जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ दोस्रो जितको खोजीमा छ । सुरुआती दुई खेलमा पराजित भएको नेपाल ‘ए’ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो ।
त्यसअघि पहिलो खेलमा नेपाल ‘ए’ एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो ।
यस्तै एसिटी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । तीन खेल खेलेको एसिटी कोमेट्स किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए–११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो ।
