Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार र निजीबीचको सहकार्यबाट मात्रै समृद्धि सम्भव छः महानिर्देशक भुसाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

हेटौँडा, १० भदौः आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाको समन्वय तथा मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार हेटौँडामा भएको करसम्बन्धी छलफल कार्यक्रममा उहाँले उद्योग तथा वाणिज्य क्षेत्रबिना कुनै पनि मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।

“नीतिगत परिमार्जन लेखेर मात्रै हुँदैन, निजी क्षेत्रबाट प्राप्त सुझाव र पृष्ठपोषण पनि उत्तिकै आवश्यक हुन्छ”, महानिर्देशक भुसालले भन्नुभयो, “यहाँ उठाइएका सबै विषयलाई महत्वका साथ सम्बोधन गरिने छ ।”

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले करसम्बन्धी समस्या समाधान तथा कर प्रशासनलाई व्यवसायीमैत्री बनाउन यस्ता छलफल उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा विभागका निर्देशक केशव रघुवंशी, आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदी, सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीलगायतले यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायका विषयमा केन्द्रित रही सुझावसहितको धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan