Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पार्टीभन्दा माथि उठेर राहत उद्धारमा जुट्न सांसदहरूको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० भदौः प्रतिनिधिसभाको आजको आकस्मिक बैठकमा सांसदहरूले रसुवामा गएको बाढी प्रभावीतको उद्धार र राहतमा राष्ट्रिय एकता जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सबै सांसदले पार्टीभन्दा माथि उठेर सामूहिक एकता राख्दै नागरिकको साथमा रहेको भावसमेत व्यक्त गर्नुभएको छ ।

बैठकमा सांसद समीक्षा बाँस्कोटाले राष्ट्रिय विपद् कोष बनाउने र सांसद र सम्पूर्ण कर्मचारीको मासिक तलब  कोषमा जम्मा गर्ने र आफ्नो दुई महिनाको तलब कोषमा जम्मा गर्न सदनसमक्ष आग्रह गर्नुभयो । विपद् व्यवस्थापनमा एकजुट हुन सर्वदलिय बैठक गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुरोध गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले भन्नुभयो, “सरकारको सम्पुर्ण स्रोत र साधन नागरिकको उद्धारमा परिचालित हुनुपर्छ । यो विपद्को बेलामा सबैले एकताबद्ध भएर उद्धारमा सक्रिय हुनुपर्छ । विगतमा पनि विपद्का घटना भएका लिए तर, हामीले विपद्बाट सिख लिनुपर्ने आवश्यक छ ।”

सांसद रमेशकुमार मल्लले सिङ्गो देश सङ्कटमा परेको उल्लेख गर्दै अहिले मुख्य रूपमा राहत र उद्धारमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद पार्वती विकले राष्ट्रिय एकताका साथ उद्धार कार्यमा जुट्न आग्रह गर्नुभयो ।

सांसद स्मृति सेन्चुरीले विपद्मा प्रभावित नागरिकको साथमा यतिबेला राज्यले अभिभावको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । सांसद प्रकाशसिंह कार्कीले प्रकृति विपद् आएपछि उद्धार मात्रै गर्ने होइन, आउनुअघि नै नागरिकलाई जोगाउन पर्ने राज्यको दायित्व रहेको धारणा राख्नुभयो ।

सांसद तोसिमा कार्कीले विपद्मा परेका घाइतेको उपचारका लागि सरकारले सम्पूर्ण स्वास्थ्य संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । सांसद कृपाराम रानाले विपद्को घडीमा उद्धार र राहतको परिचालनमा सरकार गम्भीर हुनुपर्ने सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan