Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालगञ्जलाई सद्भावको सहरको पहिचान दिनुपर्छः सांसद इस्तियाक राई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

नेपालगञ्ज (बाँके), १० भदौः सङ्घीय सांसद मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई हिन्दू–मुस्लिम समुदायबीच सद्भावको नमूना सहरका रूपमा पुस्तौँसम्म परिचय गराउन अपरिहार्य रहेको औँल्याउनुभएको छ  ।

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा उहाँले यस्ता कार्यक्रमले आपसी भाइचारा, सहकार्य र समझदारीलाई थप बलियो बनाइ समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

“समाजमा आपसी भाइचाराको सम्बन्ध कायम राख्दै शान्ति र सद्भावको वातावरण बनाउने सबैको दायित्व रहेको बताउँदै उहाँले भन्नुभयो, “यो सहरलाई सद्भावको सहरका रूपमा हामीले नै पुस्तौँपुस्ता चिनाइराख्नुपर्छ ।” 

सांसद राईले धार्मिक पर्वलाई सामाजिक सद्भावसँगै वातावरण संरक्षणको अभियानसँग जोड्ने उद्देश्यले नेपालगञ्जमा नागरिक अगुवा तथा हरित अभियन्तासँग सहकार्य गरी वर र पीपलका बिरुवा रोप्नुभयो । 

नेता राईले धार्मिक पर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan