Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समाज कल्याण परिषद्को आह्वानः उद्धार, राहत र पुनःस्थापना जुटौँ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः समाज कल्याण परिषद्ले रसुवाको भोटेकोशी–त्रिशूलीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गरेको छ ।

परिषद्ले आज अत्यन्त जरुरी सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ–संस्थालाई प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो ।

साथै, गैरसरकारी सङ्घ–संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध गरिएको छ । परिषद्ले विपद्को समयमा प्रभावित नागरिकसम्म सहायता पुर्‍याउन सामाजिक सङ्घ–संस्थाहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan