भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
त्रिशूली (नुवाकोट), १० भदौः भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो ।
शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।
उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ ।
बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो ।
