Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौं, १० भदौ  : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-३ बस्ने २९ वर्षीय सुबास आले मगरलाई मंगलबार  प्रहरीले पक्राउ गरेको छ । 

सुबासले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan