उच्च सतर्कता अपनाउन मन्त्री श्रेष्ठको आग्रह
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
काठमाडौँ, १० भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा ठूलो बाढी आएपछि त्रिशूली नदीको बहाव बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभएको हो ।
उहाँले उद्धार तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको छ । जोखिमयुक्त क्षेत्रमा नजान तथा परिवार, छिमेकी र समुदायलाई सचेत गराउन उहाँले आग्रह गर्नुभएको छ ।
