Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी: सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

काठमाडौँ, १० भदौः भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई सहयोग गर्ने विपक्षी दलका नेताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरअघि बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले सरकारले तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै पक्ष–विपक्षभन्दा माथि उठेर संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा भोटेकोशी बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको थियो ।

बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबै निकायलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan