Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीको जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशीको बाढीबाट त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।

रसुवा र नुवाकोटका तटीय क्षेत्रका साथै चितवनसम्म बाढीको जोखिम रहेको भन्दै रास्वपाले बाढी पूर्वानुमान शाखाको सुझावअनुसार विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा नदी किनार तथा जोसुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरिएको छ । अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न पनि रास्वपाले आग्रह गरेको छ ।

आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० र आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न तथा जोखिममा परेका नागरिकको सुरक्षित उद्धार र पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan