Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शीर्ष नेताद्वारा नागरिकको जीवनरक्षा र उद्धारलाई प्राथमिकता दिन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

काठमाडौँ,१० भदौःविभिन्न राजनीतिक दलका शीर्ष नेताले भोटेकोशी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवनरक्षा र उद्धारलाई प्रथामिकतामा राखेर अघि बढ्न सम्बद्ध निकायलाई  आह्वान गर्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अघि बढ्न पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरुलाई आह्वान गर्नुभएको हो । 

सभापति लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको छ । उहाँले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई विश्वास गर्न आह्वान गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताउनुभएको छ । 
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्को अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । 

सभापति थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै तहका सरकारसंग समन्वय गरेर उद्दार राहतमा केन्द्रित रहन अनुरोध गर्नुभएको छ । उहाँले विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोशी र त्रिसुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा,नुवाकोट,धादिङ र चितवनका नदी किनाराका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पनि ओलीले अपिल गरेका छन् । 

 अध्यक्ष ओलीले विपतको यस घडीमा पार्टीका नेता, कार्यकर्ता,जनसंगठन र स्वयंसेवकहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्यमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्  ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको भोटेकोशी नदीमा आज बिहान तिब्बततर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्त दुःखी र चिन्तित  भएको बताउनुभएको छ । उहाँले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपील गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan