'वर्षाले भोटेकोशीमा बाढी आएको होइन'
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
काठमाडौँ, १० भदौः जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ ।
बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको राससलाई बताउनुभयो ।
उहाँले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताउनुभयो ।
