Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० भदौः प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राससलाई जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan