Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)

सुदूरपश्चिम, ९ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुढा जोड्ने सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रूपमा विकास गरिने बताउनुभएको छ ।

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घको टोलीसँगको छलफलमा आज मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने बताउनुभएको हो । साथै उहाँले नीति तथा योजना आयोग गठन भएसँगै प्रदेशको बजेट निर्माण प्रक्रियाले गति लिने बताउनुभयो । सङ्घले विभिन्न सडक सञ्जाललाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने मागमा आफू सकारात्क रहेको भन्दै उहाँले आगामी बजेटमा सोहीअनुसार बजेट विनियोजनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

    मुख्यमन्त्री भट्टले भन्नुभयो, “सडक सञ्जालको विकास प्रदेशको प्राथमिकताको विषय हो । त्यसैले आवश्यकताका आधारमा प्रदेशका महत्त्वपूर्ण सडक तथा पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाउँछौँ ।” 

    प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्यटनलगायत विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेकाले विभिन्न पर्यटकीय क्षेत्रलाई जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उक्त छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटको समेत सहभागिता रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan