आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार |
काठमाडौं, ९ भदौ
कास्की, पोखरा महानगरपालिका-१० कुँडहरस्थित औद्योगिक क्षेत्र भित्र रहेको आरती पेन्टस उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । सिराहा, सुखीपुर नगरपालिका-३ सलमपुर बस्ने ५५ वर्षीय राम स्वरूप यादवको घरमा मंगलबार बिहान आगलागी हुँदा करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
