विभिन्न धनमाल चोरी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार |
बारा, ९ भदौ
करैयामाई गाउँपालिका-१ मधुवन टोल बस्ने ५० वर्षीय चुल्हाई ठाकुर, ४५ वर्षीय सतन पासवान र २० वर्षीय राम प्रभेश पासवान र ४० वर्षीय भुपाल प्रसाद यादवको घरबाट विभिन्न सुनचाँदीका गरगहना एवम् नगद समेत गरी करिब ४ लाख ६१ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
