Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)

वीरगञ्ज (पर्सा), ९ भदौः भन्सार छली गरी भित्राइएको रु १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

    भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको  अवस्थामा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा चौकीबाट खटिएको टोलीले साहका साथमा रहेको बिआर २२ बि ०६००१७ नम्बरको मोटरसाइकल तथा १२ बोरा कपडा बरामद गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan