Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सशस्त्रबलका सुरक्षाकर्मी परिचालित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट ४५ जना टोली नुवाकोट पठाइएको छ ।

घाइतेको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० शय्या र  स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रपक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
 
सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लटुन सुरक्षाकर्मी काठमाडौँस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

बाढीबाट रसुवामा पुगेको क्षतिसम्बन्धी विवरण अझै प्राप्त हुन नसकेको सशस्त्र प्रहीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन वेस आदमघाट र नं १७ गण चितवनबाट सङ्ख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan