एमालेमा केपी निर्विकल्प : ओलीलाई हटाउन खोज्ने आफै गल्यो !
काठमाडौं, ९ असोज । पटक–पटक प्रधानमन्त्री बनिसकेका राजनीतिको चतुर खेलाडी तथा जेन–जी आन्दोलन २०८२ प्रुफ एमाले अध्यक्ष केपी शर्मा ओली लामो रस्साकसी पछि एमालेको अध्यक्ष पद छाड्नु नपर्ने सहमति जुटाएर ''निर्विकल्प'' बनेपछि एमाले कार्यकर्ताहरु निराश भएका छन् ।
२०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा एमालेको हारको नैतिक जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिनु पर्ने र जेन–जी आन्दोलनको मर्म अनुरुप पुस्तान्तरण सहित नेतृत्व हस्तान्तरण हुनुपर्ने माग एमालेभित्र उठे पनि त्यसलाई दवाउन ओली सफल भएका छन् ।
ओलीका खल्तीका व्यक्ति तथा पूर्व माओवादी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकतवमा १५ सदस्यीय निर्वाचन समीक्षा र पार्टी पुर्नगठन कार्यदल गठन गरिएको थियो ।
जसले चुनावमा हारको समीक्षा र रुपान्तरण सहितको पार्टी पुर्नगठन सहितका जिम्मेवारी पाएको थियो । तर, त्यसलाई पुरा गर्न दिइएन ।
पार्टीका महासचिव एवं कार्यदलका सदस्य शंकर पोखरेलले तयार पारेका मस्यौदा प्रतिवदनमा पार्टी हारको मुख्य जिम्मेवारी पार्टी नेतृत्वको हुने भन्दै नैतिक जिम्मेवारी लिएर मार्ग प्रशस्त गर्ने गरी सुझाव तथा सिफारिश गरे सँगै यो झगडा सतहमा आएको छ ।
यसको काउण्टरमा कार्यदल संयोजक रामबहादुर थापाले अध्यक्ष आलीको विकल्प खोज्न नहुने भन्दै प्रतिवेदन ल्याएका थिए ।
अर्का केन्द्रिय सदस्य प्रदीप ज्ञवालीले पनि ओलीलाई जोगाउँदै सबै दोष ओली माथि थुपार्न नहुने तेश्रो प्रतिवेदन ल्याए । तर, ओलीलाई हटाउने विषय हटाएर प्रतिवेदन साझा बनाइयो ।
अर्थात् कार्यदलले ओलीको विकल्प नखोज्ने गरी प्रतिवेदन बनाएर पारित गरे र यो प्रतिवेदन केन्द्रिय समितिमा छलफल गराई त्यहाँबाट समेत अनुमोदन हुने लगभग पक्का छ ।
ओली अगाडि कार्यदल गल्यो र ओली निर्विकल्प बनेर राष्ट्रिय प्रतिनिधि परिषद र विधान महाधिवेशनको बाटो खुला गराई दिएको छ ।
कार्यदललाई धम्काएर ओलीले आफू अनुकूल प्रतिवेदन पारित गराउन खुबी रहेको मात्र हैन दवाव र प्रभावमा पार्टी हाँक्न भ्याएका खुलस्त हुन्छ । ओलीले रामबहादुर थापा मार्फत ओली एमालेमा किन रही रहने त्यस बारेमा औचित्य पुष्टि गराउने खेल पनि खेले ।
ओलीले थर्काएपछि कार्यदलका सदस्यहरु ओलीको धम्की मुनि बस्न बाध्य भए । यद्यपि पार्टी हारको जिम्मेवारी जो अध्यक्ष छन् उसले लिनै पर्ने कुरा बुझ्न जरुरी छ ।
ओलीलाई एमाले अध्यक्ष पदबाट हटाउन विफल भएपछि एमालेमा राष्ट्रिय प्रतिनिधि परिषद बैठक र विधान महाधिवेशन बोलाउने माग जोड समाते अनि बाध्य भई ओलीले ती कुरा प्रतिवेदनमा समेट्न कार्यदल संयोजक थापालाई भनेको हो ।
यसबाट अब एमालेमा परिषद् बैठक र विधान महाधिवेशन हुने लगभग तय भएको देखिन्छ । एमाले भित्र ७० वर्ष उमेर हदका व्यवस्था बाधक भए पनि त्यसलाई संशोधन गर्न विधान महाधिवेशनको खाँचो पर्छ नै ।
यता एमाले कार्यकर्ताहरुले रावणको लंकादहन सजिलो थियो तर ओलीको अध्यक्ष पदबाट ढाल्न कठिन भएको चर्चा फैलाएका खबर अर्पणमा उल्लेख छ ।
ओलीका प्रतिस्पर्धी भएर मैदानमा आउन खोजेका पूर्व राष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारी विरुद्ध ओली एण्ड कम्पनी लागे पछि उनी खुलेर ओलीलाई चुनौती दिन सकेका छैन ।
यसैगरी ईश्वर पोख्रेल पत्नीको कडारोग उपचारमा विदेश मै भएकाले ओलीलाई धक्का दिन शंकर पोखरेलको बलले पुगेन ।
अहिले सन्तुलन मिलाउन ओलीले प्रदीप ज्ञवाली सहित विभिन्न नेताहरुलाई प्रलोभनमा पारेर राजनीतिलाई बद्नाम गराएको देख्दा यो फोहरी खेल कांग्रेस र सीके राउतको पार्टीभन्दा पनि रद्दी तवरको भएको जनमानस बीच चर्चा चल्दै आएको छ ।
यो पनि पढ्नुहोस् :
एमालेमा फेरि जिम्मेवारीको पुनर्विन्यास : ईश्वर पोखरेल स्थायी कमिटीमा, विद्यादेवी भण्डारी वरिष्ठ नेतामा प्रस्तावित
प्रदीप ज्ञवालीको प्रश्न : ‘सबैभन्दा धेरै अवसर पाउने नै किन असन्तुष्ट ?’
एमालेमा ज्ञवालीको तेस्रो प्रतिवेदन : ओलीको बचाउ, हारका अनेक कारण
