Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार | रासस/सिन्ह्वा

चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटमार्फत न्यून पृथ्वी कक्षामा रहने इन्टरनेट उपग्रहहरूको नयाँ समूह अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बेइजिङ समयअनुसार शनिबार बिहान ३ बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको रकेटले आफ्नो निर्धारित उडान पूरा गर्दै उपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको थियो ।

प्रक्षेपण गरिएका उपग्रहहरू चीनको न्यून पृथ्वी कक्षीय इन्टरनेट उपग्रह कार्यक्रमअन्तर्गतको २७औँ समूह रहेको जनाइएको छ ।
यस प्रक्षेपणसँगै चीनले आफ्नो अन्तरिक्ष प्रविधि तथा उपग्रहमा आधारित सञ्चार प्रणालीको विकासलाई निरन्तरता दिएको छ । न्यून पृथ्वी कक्षमा स्थापित गरिने यस्ता उपग्रहहरू अन्तरिक्षमा आधारित इन्टरनेट तथा सञ्चार सेवाका लागि प्रयोग गरिन्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan