Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

काठमाडौँ, २७ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अङ्कले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४९ अङ्कले बढेर १८० दशमलव ०२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ८४ अङ्कले बढेर १५८  दशमलव ९७ मा पुगेको छ । 

    विभिन्न कम्पनीका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर रु चार अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मूल्यमा खरिद बिक्री भएको छ ।  

    तेह्र वटै उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो ।  आज १०४ कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो । त्यसैगरी ७ कम्पनीको सेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज सगरमाथा जलविद्युत् कम्पनी, नेपाल लाइफ समृद्धि  लगानी योजना, एनआईसी एसिया ग्रोथ फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआईसी सेलेक्ट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan