Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बहुमतभन्दा माथि विधि र राष्ट्रिय हित : अमरेश कुमार सिंह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेश कुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारका सबै निर्णय सही नहुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका छन्।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउनु र आवश्यक परे अस्वीकृत गर्नु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनको भनाइ छ।

सिंहले लोकतन्त्रमा बहुमतको शासन स्वीकार गरिए पनि बहुमतलाई जवाफदेही बनाउने संस्थागत व्यवस्था उत्तिकै आवश्यक हुने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ।”
सरकारको निर्णयमाथि संसदीय समितिले गर्ने निगरानीलाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले यही अभ्यासले लोकतन्त्रको सुन्दरता र संसदीय समितिको गरिमा स्थापित गर्ने बताएका छन्।

उनको यो टिप्पणी राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले गरेको निर्णयको सन्दर्भमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan