Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्समा पनि ‘जेन्जी’ आन्दोलन उग्र, १४० वर्ष पुरानो घन्टी स्तम्भ आगलागीमा ध्वस्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार |

महँगी र सार्वजनिक सेवाप्रतिको असन्तुष्टिले देशव्यापी प्रदर्शन, लुटपाट र आगजनीमा परिणत हुँदा १ हजार २०० भन्दा बढी पक्राउ

काठमाडौं । नेपालमा भएको जेन्जी आन्दोलनसँग तुलना गर्न सकिने गरी फ्रान्समा पनि युवा प्रदर्शन चर्किएको छ। महँगी, कमजोर सार्वजनिक सेवा र शैक्षिक क्षेत्रका समस्याप्रति असन्तुष्टि जनाउँदै अक्टोबर १७ मा भएको देशव्यापी प्रदर्शनका क्रममा ऐतिहासिक भवनमा आगजनी र तोडफोड भएको छ।

फ्रान्सको लिमोज सहरस्थित सिटी हलमा आगलागी हुँदा सन् १८८३ मा उद्घाटन गरिएको १४० वर्षभन्दा पुरानो ऐतिहासिक भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। भवनको घन्टी स्तम्भसमेत ढलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 प्रदर्शनका क्रममा पेरिससहित विभिन्न सहरमा पसल लुटपाट, सवारीसाधनमा आगजनी र प्रहरीसँग झडप भएका थिए।

प्रदर्शनमा देशभर लाखौँ मानिस सहभागी भएको बताइएको छ। फ्रान्सेली अधिकारीहरूका अनुसार हिंसात्मक घटनामा संलग्न भएको आरोपमा १ हजार २०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने करिब १५० प्रहरी घाइते भएका छन्। 

राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक सम्पत्ति, प्रशासनिक कार्यालय र व्यवसायमा तोडफोड तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।

फ्रान्सको घटनाले युवा असन्तुष्टिलाई सम्बोधन गर्नु जति आवश्यक छ, आन्दोलनका नाममा ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्ति नष्ट हुन नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan