Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको  संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ ।
 
    परिषद्ले सार्वजनिक रूपमा सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ । बाढीबाट रसुवा र नुवाकोटका ५८४ जना बालबालिका प्रभावित भएका छन् । योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिने छ ।
  
    बालबालिका स्वयं वा संरक्षक घाइते भएका कारण उचित संरक्षण पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिका पनि योजनामा समेटिनेछन् ।
 
    बाढीका कारण अभिभावक गुमाएका तथा परिवारबाट विस्थापित भएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापना प्रमुख चुनौती बनेको परिषद्ले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan