Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार |

काठमाडौँ, २८ कात्तिक: महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य दिएको छ । आज भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनायो । 

    भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक-एक विकेट लिइन् । 

    भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले आगमी वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan