Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार |

काठमाडौँ, २३ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । आज सम्पन्न आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो । 

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो । दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ५४ रन बनायो । 

    दुई सय १७ रन बनाउने क्रममा पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए । 

    बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । यस्तै मार्क वाटले एक विकेट लिए । 

    जवाफी ब्याटिङ गर्ने क्रममा कर्णाली याक्सका लागि पवन शर्राफले ३२, अरिफुल स्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए । बलिङतर्फ पोखरा एभेन्जर्सका लागि मेहदी हसनले तीन, धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई दुई विकेट लिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan