Monday 9th of November | २०८३ कार्तिक २३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |

काठमाडौँ, २२ कात्तिकः ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । 

    पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

    युएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए ।

    त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सवै विकेट गुमाएर १५३ रन बनायो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे ।

    बलिङतर्फ युएईका लागि नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मङ्गलबार पाकिस्तानको सामना गर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan