Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)

काठमाडौँ, १३ मङ्सिर : इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।
 
    इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा यही मङ्सिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो ।
 
    उक्त महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाका सम्बन्धमा छलफल हुने प्रहरीले जनाएको छ ।
 
    नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवं कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका प्रतिनिधिसँग अन्तरराष्ट्रिय प्रहरी समन्वय अभिवृद्धिका सम्बन्धमा द्विपक्षीय छलफल गर्नेछ ।
 
    शाह नेतृत्वको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा सहभागी हुनुहुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan