दीपक भट्टको 'धन्दा–पानी' मा सामेलहरु किन ओझेलमा ? पूर्व आईजीपी सिंहसँगको सम्बन्धबारे उठेका प्रश्नको जवाफ कसले दिने ?
काठमाडौं, ३० असार । विवादास्पद बिचौलियाका रूपमा चर्चामा रहेका दीपक भट्ट र पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) धिराज सिंहबीचको सम्बन्ध, पहुँच र कथित आर्थिक–व्यावसायिक गतिविधिबारे सार्वजनिक रूपमा प्रश्न उठिरहे पनि सम्बन्धित निकायबाट स्पष्ट जवाफ नआएको भन्दै प्रहरी मुख्यालय नक्सालदेखि व्यापारी वृत्तसम्म व्यापक टिकाटिप्पणी भइरहेको चर्चा छ।
हाल जेलमा रहेका दीपक भट्टको 'धन्दा–पानी' मा सामेलहरु किन ओझेलमा परे ? पछिल्लो समय भट्ट र राष्ट्रिय भाउजू आरजु देउवाका अत्यान्तै निकट मानिएका पूर्व आईजीपी सिंहसँगको सम्बन्धबारे उठेका प्रश्नको जवाफ कसले दिने ?
उनीमाथी लागेको आरोप बारे कहिले छानबिन हुने ? आइजिपी नियुक्ती देखि सुनकाण्ड र दलाल,तस्कर र विवादास्पद ब्यापारीहरुसँगको साँठगाँठ सहित अकुत सम्पत्ति बारे छानबिन गर्न प्रहरीभित्रैबाट समेत माग उठेको छ ।
भ्रष्टाचार, बिचौलियापन र प्रभावशाली व्यक्तिहरूसँगको पहुँचबारे पटक–पटक चर्चा हुने दीपक भट्टसँग सुरक्षा निकायका केही अधिकारीहरूको निकट सम्बन्ध रहेको आरोप सार्वजनिक बहसमा दोहोरिने गरेको छ।
तर, यस्ता आरोपबारे सम्बन्धित निकायले हालसम्म कुनै औपचारिक निष्कर्ष वा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
प्रहरी प्रशासनसँग परिचित स्रोतहरूले अनुसन्धान निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित हुनुपर्ने बताउँदै कुनै पनि व्यक्तिलाई पद, शक्ति वा पहुँचका आधारमा संरक्षण गरिएको भन्ने आशंका रहन नदिन सम्बन्धित निकायले स्पष्टता दिनुपर्ने धारणा राखेका छन्।
यदि अनुसन्धान भइरहेको छ भने त्यसको दायरा, प्रगति र निष्कर्ष कानुनअनुसार सार्वजनिक गर्नुपर्ने माग पनि उठिरहेको छ।
सार्वजनिक चासोको विषय बनेका यस्ता प्रकरणमा एउटा मूल प्रश्न भने अझै उभिएको छ—यदि आरोप निराधार हुन् भने सम्बन्धित निकायले त्यसलाई तथ्यसहित किन खण्डन गर्दैन? र यदि आधार छन् भने अनुसन्धान अन्तिम निष्कर्षसम्म किन पुग्दैन?
बालुवाटारको ‘गुप्त डायरी’ र करोडौँको खेल: शेरबहादुर-आरजु समूहमाथि नेता कान्छाराम तामाङको धावा, धिरज प्रताप सिंहको नियुक्तिमाथि ठूलो खुलासा !
नेपाली राजनीतिको केन्द्रभागमा रहेको तत्कालिन बालुवाटार सत्ता समीकरण मात्र होइन, 'लेनदेन र नियुक्ति'को अखाडा बनेको भन्दै तीव्र आलोचना भइरहेका बेला नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले एउटा ठूलो राजनीतिक विस्फोट गराइदिएका छन् ।
न्यूज अभियान प्रतिनिधिसँगको विशेष कुराकानीमा नेता तामाङले ओली सरकारका बालुवाटार केन्द्रित 'लुटतन्त्र' र नियुक्तिमा भएका करोडौँको खेलबारे सनसनीपूर्ण खुलासा गरेका हुन् ।
भानु देउवासँग मागियो ‘नियुक्ति खानेहरू’ को सूची: शेरबहादुर र आरजु समूह कहाँ छन् ?
नेता कान्छाराम तामाङले शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवासँग सिधै भेटेर बालुवाटारबाट लाभ लिनेहरूको कच्चाचिट्ठा मागेका छन् ।
"शेरबहादुर देउवा र आरजु देउवा लुटेर खाने समूह कहाँ छन् ?" भन्दै तामाङले भानु देउवासँग "जसरी पनि नियुक्ति लिनेहरू र पद खानेहरू को सूची" माग गरेको न्यूज अभियान प्रतिनिधिसँगको कुराकानीमा स्पष्ट पारेका छन् ।
देउवा दम्पती बालुवाटारमा हुँदा कसले कति पटक भेटे, उनीहरू को हुन्, पार्टीको नाता परेर आएका हुन् वा केवल 'दलालहरू' हुन् यसको हिसाबकिताब अब पार्टीभित्रै खोजिने नेता तामाङको चेतावनी छ ।
बालुवाटार,बुढानिलकण्ठ र बालकोटलाई बिचौलियाको अखडा बनाएर पद र प्रतिष्ठाको व्यापार गर्नेहरूको सूची सार्वजनिक हुनुपर्ने अडान उनले राखेका हुन् ।
धिरज प्रताप सिंहको नियुक्ति र विश्वराज पोखरेलले उठाएको ‘करोडौँको कुरा’
यो बहसको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण पाटो पूर्वप्रहरी महानिरीक्षक (IGP) धिरज प्रताप सिंहको नियुक्तिसँग जोडिएको छ ।
आईजीपी नियुक्तिको दौडमा रहेका तत्कालीन एआईजी हाल रास्वपा नेताल तथा सांसद विश्वराज पोखरेलले सिंहको नियुक्तिको विषयमा "करोडौँको कुरा" बाहिर ल्याएका थिए, जसले प्रशासनिक र राजनीतिक वृत्त हल्लिएको थियो ।
अहिले प्रश्न उठेको छ,विश्वराज पोखरेलले भनिराखेको त्यो करोडौँको कुरा के हो ? त्यो सत्य हो कि होइन ?
यदि त्यो कुरा झुटो थियो भने, धिरज प्रताप सिंहले यस विषयमा आफ्नो बचाउमा सहयोग माग्न वा दृढतापूर्वक प्रतिवाद गर्न किन सकेनन् ? सिंहका बारेमा अनेक विवादास्पद टिप्पणी बारे छानबिन किन भएन ? उनको मौनताले झन् धेरै शंका उब्जाएको विश्लेषकहरूको भनाइ छ ।
कान्छाराम तामाङको कडा चेतावनी: "अब लुटेराहरू परिवार भित्रै भए पनि छानबिन हुन्छ"
कांग्रेस नेता तामाङ अब यो बेथिति टुलुटुलु हेरेर बस्ने पक्षमा छैनन् । उनले न्यूज अभियानसँग कुरा गर्दै अब परिवारवाद वा राजनीतिक संरक्षणको आडमा राष्ट्रिय ढुकुटी र पदको दुरुपयोग गर्नेहरूलाई नछाड्ने घोषणा गरेका छन् ।
"अब लुटेराहरू परिवार भित्रै भए पनि कान्छाराम तामाङले घर घरमा युवा जस्ता बनाएर छानबिन गर्ने" बताएका छन् ।
युवाहरूको दस्ता परिचालन गरेरै भए पनि बालुवाटार र देउवा समूहको फेरो समातेर देश लुट्ने, अवैध नियुक्ति खाने र दलाली गर्नेहरूको घर-घर पुगेर सत्यतथ्य ओकल्न बाध्य पारिने तामाङको यो चेतावनीले नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ । शक्तिको आडमा भएका यी सबै खेलहरूको पर्दाफास हुन जरुरी रहेको आम नागरिकको पनि मत छ ।
यो पनि पढ्नुहोस् :
'भष्मासुर' तराजुको अवसान: अख्तियारका पूर्व-महाप्रभु नवीनकुमार घिमिरेमाथि कहिले बर्सिन्छ बालेन सरकारको डण्डा ?
विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धपछि अनुसन्धानको घेरामा जयवीर देउवा
सिंहदरबारको ‘डार्क रुम’ र नीतिगत भ्रष्टाचारको सिन्डिकेट: एक गम्भीर विमर्श
अख्तियार प्रमुख प्रेमकुमार राईको भूमिकामाथि बढ्दो प्रश्न : आरोपपछि राजीनामा कि कानुनी प्रतिवाद ?
