Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिंहदरबारभित्र ‘गुन्डु ग्याङ’ को सुरुङमार्ग: बालेन सरकार ढाल्न भित्री घेराबन्दी, कुमार बेनको मौनता कि लाचारी ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार ३२ बिहीबार |
newsabhiyan

काठमाडौं, ३२ असार । ‘नो नट अगेन’ भन्दै आएका पुराना दलहरूको सातो उडाएर सिंहदरबारको बागडोर सम्हाल्न आइपुगेका प्रधानमन्त्री बालेन शाहको ‘कोर टिम’ भित्रैबाट एमाले र रास्वपाका भित्री शक्तिहरूले रणनीतिक चक्रव्यूह तयार पारेको सनसनीपूर्ण खुलासा भएको छ।

बालेन शाह मात्रै ठीक र निष्कलंक भएर अब सरकार नचल्ने खतरा बढेको छ। बालेनका सारथि र मुख्य रणनीतिकार मानिएका कुमार बेन (अविनाश ब्यञ्जनकार) को टिम यतिबेला विचारविहीन र दिशाहीन जस्तै बनेर एमालेको ‘गुन्डु’ गुटको घेराबन्दीमा परेको बालुवाटार वृत्तमा व्यापक चर्चा छ।

१. शक्तिशाली मन्त्री र ‘मोडल’ सांसदको सेटिङ: सिंहदरबारमा युवा संघको इन्ट्री
चर्चा सामान्य छैन  बालेनकै मन्त्रिमण्डलका एक शक्तिशाली भौतिक मन्त्रीको समूह भित्रभित्रै एमालेको युवा संघ र अनेरास्ववियुका पूर्वकार्यकर्ताहरूलाई कोर टिममा घुसाउन सक्रिय छ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्दै कान्तिपुरको गाडी तेर्स्याउने काण्डमा मुछिएका अख्तियारका पूर्वप्रमुखका नातेदार सुनील पौडेलदेखि लिएर, युवा संघ छाडेर आएकी भनिएकी र ‘मोडल’ जस्ती देखिने महिला सभासद्सम्मको सक्रियता अचम्मको छ।

यिनीहरूकै अदृश्य सेटिङका कारण विवादित पात्र राजेश बज्राचार्यमाथि कुनै कारबाही नहुने बरु उल्टै संरक्षण पाउने वातावरण बनेको दाबी गरिँदैछ। 

२. कुमार बेनको लाचारी र ब्यञ्जनकार परिवारमाथि गिद्धे नजर
बालेन शाहका मुख्य सल्लाहकार कुमार बेनका लागि यो परीक्षाको घडी मात्र होइन, ठूलो राजनीतिक खतरा पनि हो। शान्त रूपमा बसिरहेको ब्यञ्जनकार परिवारलाई अलिकति मात्र तलमाथि गराएर ‘गुन्डु’ का भित्री एजेन्टहरूले पुरै कब्जा गर्ने र पूजा गर्ने दाउ हेरिरहेका छन्।

‘राष्ट्रिय भाउजू’ ले खाएको कुटपिटको घटना त एउटा सामान्य ट्रेलर मात्र हो, यदि समयमै कुमार बेनले यो घुसपैठ र सूचना चुहावटलाई पत्ता लगाउन सकेनन् भने भोलि बालेनको सिंगो टिम नै पछुताउनुपर्ने अवस्था आउने निश्चित छ।

हिजो भैरहवा मेडिकल कलेजका अनेरास्ववियुका विद्यार्थी नेताहरू जसरी वरिपरि मडारिएका छन्, तिनको ख्याल बेलैमा राख्न नसक्नु बेन टिमको सबैभन्दा ठूलो कमजोरी ठहरिँदैछ। 

३. रास्वपा र एमालेको साझा मिसन: ‘मिसन बालेन फेल’
लाखौँ शुभचिन्तकहरूले व्यवस्था बदल्न र देश बनाउन दिएको भोटको अवमूल्यन हुँदैछ। बालेन शाह र कुमार बेन व्यक्तिगत रूपमा इमानदार होलान्  तर राजनीतिक चालबाजी र बिचौलियाहरूको ‘हनी ट्र्याप’ तथा युवा-युवतीहरूलाई प्रयोग गरेर भेटघाट मिलाउने खेल सुरु भइसकेको छ।

एकातिर एमालेका युवाहरू अनेक बहानामा भित्र छिरेर सूचना लिक गराइरहेका छन् भने अर्कोतिर सत्ता साझेदार जस्तो देखिने रास्वपा भित्रकै एउटा तप्काले समेत बालेन शाहलाई असफल पार्ने भित्री रणनीति बुनिरहेको छ। 

मुख्य चुनौती: "सबैभन्दा ठूलो विषय भनेको राज्यको र कोर टिमको गोप्य सूचना चुहावट (लिकेज) हुनु हो। केपी बाको टिमले चालेको यो खतरनाक राजनीतिक चाणक्य नीतिलाई चाल नपाउनु कुमार बेनको टिमको वैचारिक टाट पल्टाई हो।"

एमाले–रास्वपाको तुँवालो
काठमाडौँको भत्किएको सडक र विद्रोही मुडलाई केन्द्रमा राखेर लाखौँ नेपालीको सपनाको जगमा उभिएको ‘बालेन शाह सरकार’ यतिबेला बाहिरबाट जति चम्किलो देखिन्छ, भित्रभित्रै त्यति नै खोक्रो र घेराबन्दीमा परेको सनसनीपूर्ण तथ्यहरू बाहिर आउन थालेका हुन्।

महानगरको मेयर हुँदै सिंहदरबारको कुर्सीसम्म पुग्दा बालेनले जनतालाई एउटा आशा देखाएका थिए, तर अहिले त्यही आशामाथि एमालेको ‘गुन्डु’ गुट र रास्वपाको अदृश्य चक्रव्यूहले धावा बोलिरहेको छ। 

सबैभन्दा उदेकलाग्दो दृश्य त बालेन शाहको ‘कोर टिम’ भित्रै देखिएको छ। बालेनका मुख्य सारथि र रणनीतिकार मानिएका कुमार बेन (अविनाश ब्यञ्जनकार) को टिम यतिबेला विचारविहीन र दिशाहीन जस्तै बनेर एमाले र रास्वपाको भित्री घुसपैठको सिकार भएको छ।

बेन समयमै चनाखो बन्न जरुरी छ । राजनीतिमा सूचना नै सबैभन्दा ठूलो हतियार हो, र विडम्बना! बालेन सरकारको त्यही मुख्य हतियार अर्थात् 'गोप्य सूचना' अहिले बालुवाटार र च्यासलका भित्री कोठाहरूमा लिक भइरहेको छ।

चर्चा सामान्य छैन, बालेनकै मन्त्रिमण्डलका एक ‘प्यारा’ भौतिक मन्त्रीको समूह भित्रभित्रै युवा संघ र अनेरास्ववियुका पूर्वअस्त्रहरूलाई भित्र्याउन सक्रिय छ।

हिजो युवा संघ छाडेर आएकी भनिएकी र ‘मोडल’ जस्ती देखिने महिला सभासद्को सक्रियता होस् वा हिजोका दिनमा केपी ओलीलाई ‘बा’ भन्दै कान्तिपुरको गाडी तेर्स्याउने काण्डमा मुछिएका ब्यक्तिहरु नियाल्न जररु छ ।

सुनील पौडेलको छायाँ होस् यिनीहरूको कोर टिममा बढ्दो सक्रियताले गम्भीर प्रश्न उब्जाएको छ। यिनै बिचौलिया र अदृश्य शक्तिहरूको सेटिङकै कारण विवादित पात्र राजेश बज्राचार्यमाथि कुनै कारबाही नहुने, बरु उल्टै संरक्षण पाउने वातावरण बन्नुले ‘दालमा केही कालो छ’ भन्ने प्रष्ट पार्छ।

जो ‘राष्ट्रिय भाउजू’ आरजु राणाले खाएको कुटपिटको घटना त एउटा सामान्य ट्रेलर मात्र थियो। यदि समयमै यो घुसपैठ, युवती र युवाहरूलाई अघि सारेर गरिने ‘भेटघाट र हनी ट्र्याप’ को खेल र सूचना चुहावटलाई पत्ता लगाउन सकिएन भने, शान्तसँग बसिरहेको ब्यञ्जनकार परिवार मात्र होइन, सिंगो बालेन सरकार नै एमालेको भित्री ग्याङको कब्जामा पुग्नेछ।

हिजो भैरहवा मेडिकल कलेजका अनेरास्ववियुका जुन विद्यार्थी नेताहरू अहिले वरिपरि मडारिएका छन्, तिनको बेलैमा व्यवस्थापन नगरे भोलि पछुताउनुको विकल्प रहने छैन।

बालेन शाह मात्र ठीक र इमानदार भएर अब पुग्दैन। राजनीतिमा रणनीतिक चतुर्या्इँ चाहिन्छ। एकातिर एमालेका युवाहरू अनेक बहानामा भित्र छिरेर सूचना लिक गराइरहेका छन् भने अर्कोतिर सत्ताकै साझेदार रास्वपा भित्रको एउटा तप्काले ‘मिसन बालेन’ लाई असफल पार्ने रणनीति बुन्दैछ।

लाखौँ शुभचिन्तकहरूले व्यवस्था बदल्न र देश बनाउन दिएको भोटको अवमूल्यन भइरहँदा कुमार बेनको टिम कुनै ठोस विचार बिना कानमा तेल हालेर बस्नु लाचारीको पराकाष्ठा हो।

सिंहदरबारभित्र छिरेको यो अदृश्य ‘गुन्डु’ को सुरुङमार्ग र सूचना लिकेजको बिषयमा प्रधानमन्त्री बालेन शाहले समयमै एक्सन लिऊन्। नत्र इतिहास निर्मम छ, ताल पर्दा भोलिका दिनमा भाग्ने ठाउँ समेत बाँकी रहने छैन। बेलैमा चेतना हुन जरुरी छ ।

बालेन असफल भए नेपाल द्वन्द्वतर्फ नधकेलियोस् !
 प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार सुशासन, पारदर्शिता र परिणाममुखी काम गर्न नसके देशमा राजनीतिक अस्थिरता, सामाजिक ध्रुवीकरण र अविश्वास बढ्न सक्ने भन्दै विभिन्न तहमा चिन्ता व्यक्त हुन थालेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपालले कुनै पनि हालतमा द्वन्द्व, चरम अस्थिरता वा अन्य संकटग्रस्त मुलुकहरूले भोगेका अवस्थाजस्तो परिस्थितितर्फ जानु हुँदैन।

त्यसैले सरकार, राजनीतिक दल र सबै सरोकारवालाले समयमै सचेत भएर लोकतान्त्रिक मूल्य, विधिको शासन र राष्ट्रिय एकतालाई सुदृढ बनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।

निष्कर्ष: बेलैमा सचेत नभए भाग्ने ठाउँ पनि रहने छैन
 युवा र नयाँ शक्तिको नाममा आएको यो सरकारलाई भित्रैबाट मक्कियोस् भनी रचिएको यो प्रपञ्चलाई बेलैमा नचिनिए, कुनै दिन नेपालको राजनीतिमा बालेन टिमका लागि सुरक्षित अवतरण गर्ने ठाउँ समेत बाँकी रहने छैन। समयमै प्रधानमन्त्री बालेन शाहको ध्यान जाओस्!  

यो पनि पढ्नुहोस् । 

संसद्मा जनताको 'ढुकढुकी' : यी ५ सांसद, जसको भाषणले रोस्ट्रम मात्र होइन, नागरिकको मन पनि हल्लाउँछ

सत्ताको पाठशालाले प्रतिपक्षलाई ‘पाकेको खिर’ !

सिंहदरबारको नयाँ रैथाने रोग मन्त्रीहरू ‘रबर स्ट्याम्प’ कि बलिबेदीका बोका? रवि लामिछाने ज्यू, ध्यानाकर्षण होस्!

संसद्मा जनताको 'ढुकढुकी' : यी ५ सांसद, जसको भाषणले रोस्ट्रम मात्र होइन, नागरिकको मन पनि हल्लाउँछ
'हनिमुन पिरियड’ पछि रास्वपा महामन्त्री आचार्यको कडा प्रश्न: सरकारको मात्र होइन, संसद् र सांसदको पनि समीक्षा गर्ने बेला भएन र सभामुखज्यू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan