'बालेन सरकार दरबार' ढाल्न बालकोट र माफियाको महाषड्यन्त्र: बालेनलाई 'गाँजा' काण्डदेखि पासपोर्ट सेटिङसम्मको पासो !
काठमाडौं, ३२ असार । महानगरपालिकामा जबदेखि बालेन शाहको टिमले सिंहदरबार र बालकोटको निद्रा हराम गरिदियो, तबदेखि सिंहदरबारका बिचौलिया, तस्कर र ठेकेदारहरूको एउटै मात्र ध्येय छ "जसरी पनि बालेन र उनको टिमलाई सिध्याउने!"
महानगरलाई ट्र्याकमा ल्याउन अहोरात्र खटिएका इमानदार सहसचिव प्रदीप परियारदेखि सुरक्षा प्रमुख राजु पाण्डेसम्मलाई कसरी निशाना बनाइयो र बालेन सरकार गिराउन कस्ता-कस्ता 'विषाक्त' प्रपञ्च रचिए, त्यसको फेहरिस्त अब घाम जत्तिकै छर्लङ्ग भइसकेको छ।
अदालतको आडमा सम्पत्ति आयोगलाई त 'मुर्दा शान्ति' बनाइयो नै, तर महानगरको सुशासन भत्काउन बालकोट र सिंहदरबारका गिरोहहरूले रचिरहेको चक्रव्यूह झन् डरलाग्दो छ।
प्रदीप परियार र राजु पाण्डेमाथि प्रहार: कसको इसारामा चल्यो अख्तियार ?
महानगरपालिकालाई चुस्त बनाउन खोज्दा सहसचिव प्रदीप परियारलाई एउटा निश्चित ठेक्काको बहानामा कसरी फसाइयो, त्यो खुला रहस्य हो।
बालकोटको तत्कालीन 'कोर टिम' ले अख्तियार प्रमुख प्रेम राईलाई कतिसम्म संस्थागत र राजनीतिक दबाब दियो, जसका कारण हतार-हतार मुद्दाको हतियार चलाइयो।
त्यति मात्र होइन, महानगरमा डोजर चलाएर अवैध संरचना भत्काउन लिड गरिरहेका सुरक्षा प्रमुख एसएसपी राजु पाण्डेलाई कसको इसारामा 'सस्पेन्ड' (निलम्बन) गराइयो?
बालकोट र युवा संघको आँखाको कसिंगर बनेका पाण्डेलाई हटाएर महानगरको सातो लिन खोज्ने तत्वहरू आज पनि पर्दा पछाडि बसेर मुसुमुसु हाँसिरहेका छन्।
के प्रदीप परियार र राजु पाण्डेले आफूमाथि भएको यो घात बिर्सिएका होलान् त? कि अहिलेका भौतिक पूर्वाधार मन्त्री (महानगरका पूर्व सल्लाहकार) सुनिल लम्सालले बालेनलाई कुनै 'जादू' गरेर यी पुराना घाउहरूमा मल्हम लगाउन खोज्दैछन्?
नेपथ्यको चेतावनी: "पद र पावरको मात सधैं रहँदैन। हिजो डा. आरजु राणाको नक्कली अडियो निकालेर जसरी राजनीतिक सिध्याउने खेल खेलियो, भोलि दिन बित्दै जाँदा यो खेल खेल्ने कुमार बेन दाजुहरू आफैं यही खाल्डोमा पुरिने निश्चित छ।"
बालेनलाई 'गाँजा-भाङ' काण्डमा फसाउने त्यो निकृष्ट योजना
प्रशासनिक रूपमा गलाउन नसकेपछि बालेन शाह र उनको टिमलाई बदनाम गराउन कुन हदसम्मको षड्यन्त्र बुनिएको थियो भन्ने तथ्य सुन्दा जोसुकैको आन्द्राभुँडी बाहिर आउँछ।
बालेन र उनको टिमलाई कुनै बहानामा 'गाँजा-भाङ' जस्ता लागुऔषधको नक्कली जालमा पारेर पक्राउ गराउने र जेल हाल्ने योजना समेत बालकोट र बालुवाटारको अण्डरग्राउन्ड कोठामा बनेको थियो।
तर, जनताको दैवी शक्ति र बालेनको चनाखोपनका कारण त्यो हत्कण्डा असफल भयो। ती षड्यन्त्रका बीउ रोप्नेहरूको पहिचान अब जनताले नै गर्ने बेला आएको छ।
२० वर्षे पासपोर्ट काण्ड र विकल पौडेलको 'माफिया नेटवर्क'
महानगरमा सुशासनको कुरा गर्दा देशको केन्द्रीय सत्तामा भने 'राता-राता बच्चा खेलेको जस्तो' गरी अख्तियार दुरुपयोग गरिएको छ।
विगत २० वर्षदेखि बिना टेन्डर, कुन गिरोहले पासपोर्टको सिन्डिकेट चलाइरहेको छ? कति अर्बको 'पर्पिस' (कमिसन) खाएर नेपाली राष्ट्रियता र जनताको गोजीमाथि डकैती गरियो?
जेलमा कोचिएका विकल पौडेलको सेटिङ र डिजाइनमा राहदानी विभाग र बालुवाटारलाई कसरी घुसाइयो र देशलाई कंगाल बनाइयो, यसको जवाफ कुन पुरानो नेपाली एजेन्टसँग छ? २० वर्षदेखि बिना टेन्डर देश लुट्ने त्यो रैथाने गिरोहमाथि चाहिँ कानुन कहिले लाग्ने?
बजेट आउनुअघि नै चीन नाकामा गाडीको ओइरो: नयाँ सरकारको 'हनिमुन' घुसपैठ !
गठबन्धन र जोडघटाउको सरकार बन्नासाथ अचम्मको चमत्कार देखियो। देशमा बजेट घोषणा हुनै बाँकी थियो, तर चीनको सिमाना नाकामा व्यापारीका गाडीहरू लस्करै लामबद्ध भइसकेका थिए।
बजेटमा कुन कर घट्दैछ वा बढ्दैछ भन्ने कुराको पूर्वसूचना पाएर नाकामा गाडी जम्मा गर्ने ती 'गाडी मालिक' को हुन्? र तिनीहरू वर्तमान सरकारका कुन-कुन 'खास साथी' हुन्?
यस्तो नीतिगत भ्रष्टाचार र घुसपैठ यति छिट्टै र नाङ्गो रूपमा इतिहासमा कहिल्यै भएको थिएन। जनताले मत दिएर पठाएको संसद्मा अहिले देश बनाउने होइन, सेटिङ मिलाउने जोडघटाउ मात्र चलिरहेको छ।
अबको बाटो: बालेन सरकार चनाखो रहनैपर्छ !
हिजो दमकमा 'बा' को भोटै नहुने गरी देशव्यापी आक्रोश सल्किएको परिमाण स्वरूप आज देश आगो बनिरहेको छ। षड्यन्त्र र घुसपैठको जगमा उभिएको यो केन्द्रीय सत्ताले अब जनतालाई नै पक्राउ गर्नुपर्ने दिन ल्याउँदैछ।
दलाल, तस्कर, र भ्रष्ट ठेकेदारहरू बालेन सरकारलाई जुनसुकै बेला सिध्याउन दाउ हेरेर बसेका छन्। त्यसैले, महानगरका 'प्रधानमन्त्री' बालेन शाह र उनको टिमले समयमै आँखा खोल्न जरुरी छ। सत्ताको आयु सधैं हुँदैन, तर जनताको अदालत सधैं जीवित रहन्छ। अब माफियाहरूको यो चक्रव्यूहलाई चिर्न बालेन टिम झन् आक्रामक र चनाखो हुनैपर्छ !
प्रधानमन्त्री बालेन शाह र उनको टोली चनाखो हुनुपर्ने चुनौती
मुलुकको वर्तमान राजनीतिक अवस्था, जनअपेक्षा र प्रशासनिक चुनौतीका बीच प्रधानमन्त्री बालेन शाह र उनको टोली अझ बढी चनाखो, पारदर्शी र जिम्मेवार हुनुपर्ने आवश्यकता देखिएको छ। सरकारका हरेक निर्णय, नियुक्ति, सुशासन, सेवा प्रवाह र विकास निर्माणका कामलाई नागरिकले नजिकबाट नियालिरहेका छन्।
विश्लेषकहरूका अनुसार जनविश्वास कायम राख्न सरकारलाई कानुनी प्रक्रिया, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेछ। विपक्षी दलको आलोचना, प्रशासनिक चुनौती तथा जनअपेक्षाको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण रहने बताइएको छ।
सरकारले प्रभावकारी कार्यसम्पादन, सुशासन र नागरिकका समस्या समाधानमा केन्द्रित भएर काम गर्न सके जनविश्वास थप मजबुत बन्न सक्ने धारणा व्यक्त गरिएको छ।
यो पनि पढ्नुहोस् :
सिंहदरबारको नयाँ रैथाने रोग मन्त्रीहरू ‘रबर स्ट्याम्प’ कि बलिबेदीका बोका? रवि लामिछाने ज्यू, ध्यानाकर्षण होस् !
