Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री वालेनसंग जेनजीहरूको प्रश्न, ‘जेनजीका हत्यारालाई कारवाही किन नगरेको ?’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार |
newsabhiyan

देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ अहिलेको आवश्यक्ता –जेनजी अभियन्ता

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित शनिबार जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेका छन् । 

‘कमन जेनजी नेपाल’द्वारा आयोजित जेनजी संवाद कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको गैरजिम्मेवार भूमिकाको कडा शब्दमा आलोचना गरेका छन् । राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको निष्कर्ष निकाल्दै जेनजी अभियन्ताहरूले आगामी भदौ २३ गते खबरदारी ¥याली सहित सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् । 

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आउँदो भदौ २३ गते सरकारलाई खबरदारी सहित ज्ञापनपत्र बुझाउने जनाएका छन् । जेनजी आन्दोलनका पीडÞितलाई न्याय दिलाउन आफूहरुले सरकारलाई ज्ञापनपत्र बु्झाउन लागेको उनले बताए । 

पत्रकार सम्मेलनमा जेनजी अगुवाहरु ⁠रवि किरण हमाल, ⁠सौरव भण्डारी, ⁠कृष्ण मोहन सहनी, ⁠दिपेन्द्र विक, ⁠अमृत बोहरा, ⁠अभिनव वाग्ले, ⁠उज्वल शर्मा, ⁠रोनिश साह लगायतको विशेष सहभागिता रहेको थियो । विभिन्न जेनजी संगठनको नेतृत्वमा रहेका यि जेनजी अभियन्ताहरुले संयुक्त रुपमा भदौ २३ गते खबरदारी सहित ज्ञापनपत्र बुझाउन लागेका छन् । 

जेनजी आन्दोलनको बारेमा गठन भएको छानविन आयोगको प्रतिवेदन अनुसार हत्यारालाई कारवाही गर्न प्रधानमन्त्री वालेन सरकार नेतृत्वको सरकार असफल भएको टिप्पणी समेत साहले गरेका छन् ।  

‘वर्तमान सरकार जेनजीका हत्यारालाई कारवाही गर्न असफल देखिएको छ । हाम्रो अनुरोध छ ति हत्यारालाई यथासिघ्र कारवाही गरोस् । यो सरकार जेनजी हत्यारालाई कारवाही गर्दैन भने कुर्सीमा बस्ने अधिकार छैन् । ति हत्यारालाई कारवाही गरोस कि कुर्सी छोडोस्,’ अध्यक्ष साहले भने । 

जेनजी आन्दोलन सुशासन, रोजगारी, भ्रष्टाचारीलाई कारवाहीका साथै राज्यको संरचनामा आमुल परिवर्तनका लागि भएको भए पनि त्यसतर्फ सरकार पूर्णरुपमा असफल भएको उनले गम्भिर आरोप लगाए । 

‘हिजोका दिनमा जेनजीका ठेकदार र राज्यका ठेकदारहरूसंग प्रश्न गर्ने समय आयो, समझौताको नाममा जेनजी आन्दोलनमाथी ठुलो घात किन गरेको ? जेनजी हत्यारालाई अझै कारवाही किन नगरेको ? जेनजीको माग सम्बोधन गर्न तपाईलाई कुन शक्तिले रोकेको छ ?,’ साहले प्रश्न गरे । 

राज्य अहिले विघटनतिर अग्रसर भएको भएको बताउदै उनले राज्यप्रति जनताको अविश्वास बढदै गइरहेको बताए । विश्वमा इतिहास रची नेपालको गौरव बढाउँन सफल जेनजी आन्दोलनको समान बढ़ाउन, देशको अस्तित्व जोगाउन, मुख्यतः वर्तमान अवस्थामा आमूल परिवर्तन गर्न वर्तमान सरकारसंग उनले अनुरोध पनि गरे । 

‘हामीले वर्तमान सरकारलाई अपील गर्दछौं । देशमा आमूल परिवर्तन चाहेका जेनजी संगठन तथा अभियानता, अग्रगामी भूमिका खेल्ने विभिन्न दल–नेता, सशक्त तथा सक्रिय शक्तिहरूका साथै आम नागरिक तथा युवाहरूलाई हामी साथ सहयोगको अपील गर्दछौं । वर्तमान परिस्थितिबाट निकासको निमित्त जेनजी आन्दोलन पूर्णगठन गरी सरकारलाई यही भदौ २३ गते खबरदारी सहित ज्ञापन–पत्र बुझाउन अग्रसर छौं ।

तथापि सरकारले जेनजी आन्दोलनका मागहरू सम्बोधन गरेन भने हामी दोस्रो जेनजी आन्दोलन गर्न बाध्य हुनेछौं,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने । 

पत्रकार सम्मेलनमा सहभागि जेनजी अगुवाहरुले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । आउँदो २३ भदौमा सरकार विरुद्ध प्रदर्शन गर्नुको विकल्प नभएको समेत उनीहरुले बताए । 

उनीहरुले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan