Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

गुल्मी, ४ भदौः मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई रु १० करोड ३६ लाख ७१ हजार ४५९ क्षतिपूर्तिबापतको रकम उपलब्ध गराएको छ । 

मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्याङ्कनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको बैंक खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिनुभयो ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–भेँडुवा सडकखण्डका १३८ जना र रिडी–खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan