Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने  अनुमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस/एएफपी)

बगदादको बारम्बार अनुरोधपछि तेहरानले केही इराकी तेल ट्याङ्करहरूलाई रणनीतिक हर्मुज  जलमार्ग  पार गर्न अनुमति दिएको इरानी मिडियाले शनिबार जानकारी गराएका छन् ।

“संयुक्त राज्य अमेरिकाका शत्रुतापूर्ण कार्यहरूका कारण जलमार्गमा सिर्जना भएको सबैभन्दा कडा सैन्य उपाय र असुरक्षाको सामना गर्दागर्दै पनि तेहरानले विगत छ महिनामा केही इराकी तेल ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्न अनुमति दिएको छ,” इरानी समाचार संस्था इर्नाले जनाएको छ । 

रिपोर्टअनुसार इराकले आफ्ना तेल ट्याङ्करहरूको आवागमनका लागि विभिन्न माध्यमबाट इरानलाई अनुरोध गरेको ििथयो । यसका लागि इरानी सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफको इराक भ्रमणका क्रममा समेत अनुरोध गरिएको थियो।

मध्यपूर्वमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि इरानले महत्वपूर्ण जलमार्ग होर्मुजमाथि नियन्त्रण दाबी गर्दै आएको छ। यसले जलमार्ग प्रयोग गर्नुअघि जहाजहरूलाई अनुमति लिन र पारवहन शुल्क तिर्न आवश्यक बनाउँछ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनको जलमार्ग माथि ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गर्नुभएको छ। हर्मुजबाट युद्धअघि विश्वको करिब पाँचभागको एक भाग तेल र ग्यास (एलएनजी) निर्यात हुनेगरेको थियो । उहाँले यसलाई ‘अमेरिकी क्षेत्र’ को रूपमा वर्णन गर्नुभएको छ। 

“विगत छ महिनाको अनुभवले देखाएको छ कि इराकसँग आफ्नो अधिकांश कच्चा तेल निर्यात गर्न हर्मुज जलमार्ग बाहेक कुनै विकल्प छैन,” इर्नाले आफ्नो समाचारमा उल्लेख गरेको छ। यसले थपेको छ, “इराकी अधिकारीहरूले इरानी अधिकारीहरूसँग आफ्ना ट्याङ्करहरूका लागि थप अनुमति दिन लगातार अनुरोध गरिरहेका छन्।”

इरान र ओमान हमुर्ज हुँदै नयाँ मार्ग स्थापना गर्न वार्तामा छन्, जसले खाडीको प्रवेशद्वार नियन्त्रण गर्छ र उनीहरूका दुई देशलाई छुट्याउँछ, तर वार्ता अहिलेसम्म टुङ्गिएको छैन।

तर तेहरान भन्छ, “वार्ताले नयाँ मार्ग सिर्जना गरे पनि अमेरिकाले इरानका व्यापक मागहरू पूरा नगरेसम्म त्यो मात्रैले जलमार्ग खुला हुने छैन।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan