Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभयो मुक्तिनाथको दर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

    मुस्ताङ, ६ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले आज साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो ।

    शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुग्नुभएको थियो । उहाँ यहाँको घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको छ । 

    प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनुभएको बताउनुभयो ।

    मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको बताउनुभयो । व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गर्नुभएको थियो ।

     प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan