Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | रासस

बैतडी, ७ भदौः जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउनमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने २३० सवारी कारबाहीमा परेका हुने ।

    कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु दुई लाख २६ हजार राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउनमा दुई वटा सवारी दुर्घटना हुँदा जना घाइते भएका छन् ।

    यसैबीच, अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा एक महिनामा २० जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan