Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

हुम्ला, ८ भदौः हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । किसानका  स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन् । 

 सोही कारणले गत असार २९ गते जिल्ला दररेट निर्धारण समिति, हुम्लाले स्याउको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले क्रमशः ‘ए’ ग्रेडको प्रति केजी रु ६० ‘बि’ ग्रेडको प्रति केजी रु ५० र ‘सि’ ग्रेडको प्रति केजी रु ४० निर्धारण गरेको थियो । 

 हुम्लाको तल्लो क्षेत्र अदानचुली र ताँजाकोटका किसान सालाखाला स्याउ प्रति केजी रु ३० देखि रु ४० मा बिक्री गर्न बाध्य भएका छन् । अदानचुली गाउँपालिका–५ का किसान वीरवलसिंहले बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्नुपरेको जानकारी दिनुभयो ।  

“पछिल्लो समय गाउँमा स्याउ खरिद गर्न व्यापारी आउन थालेका  छन् । यता स्याउ पाकेको छैन । स्याउ भण्डारण गर्ने भौतिक संरचना छैन । नजिकै बजार र आफूसँग सवारीसाधन नभएकाले स्याउ बिक्री गर्न बाध्य छौँ”, उहाँले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan